भक्तपुरमा फर्माले हानेर एक जनाको हत्या, चारजना पक्राउ

admin

भक्तपुर, २९ जेठ : भक्तपुरमा एक जनाको हत्या भएको छ । मध्यपुरथिमि नगरपालिका–८ बोडेमा स्थानीय ५१ वर्षीय कल्याण साहुको आइतबार हत्या भएको हो ।

काठको फर्माले हानेर हत्यामा साहु फेला परेका थिए । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

काठको फर्माले हानेर हत्या गरेको अवस्थामा बोडेको लर्ड बुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा साहुको शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

घटनास्थलबाट रगताम्मे फर्मा पनि बरामद गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया