यस्तो छ विदेशी मुद्राको विनिमय दर

पिएनपि खबर

काठमाडौं, ३० जेठ : अमेरिक डलरको भाउ सोमबार स्थिर छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आइतबार एकको खरिदमा १२४ रुपैयाँ २४ पैसा र बिक्रीमा १२४ रुपैयाँ ८४ पैसा रहेको अमेरिकी डलर सोमबार पनि सोही मूल्यमा खरिदबिक्री भइरहेको छ ।

युरोपियन युरोमा भने सामान्य ओरालो लागेको छ । यो दिन युरो एकको खरिदमा १३० रुपैयाँ ६६ पैसा र बिक्रीमा १३१ रुपैयाँ २९ पैसा रहेको छ । यसअघि भने एकको खरिदमा १३१ रुपैयाँ ४८ पैसा र बिक्रीमा १३२ रुपैयाँ १२ पैसा रहेको थियो ।

अष्ट्रेलियन डलरमा पनि सामान्य गिरावट आएको छ । यसअघि एकको खरिदमा ८८ रुपैयाँ ५१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९४ पैसा रहेको अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ६१ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ०४ पैसा रहेको छ ।

क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ १९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ६६ पैसा रहेको छ । जापानी येन १० को खरिदमा ९ रुपैयाँ २४ पैसा र बिक्रीमा ९ रुपैयाँ २९ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ५२ पैसा र बिक्रीमा १८ रुपैयाँ ६१ पैसा छ ।

साउदी अरेवियन रियाल स्थिर रहेको छ भने कतारी रियालमा सामान्य गिरावट आएको छ । सोमबार साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ २८ पैसा छ भने यसअघि एकको खरिददर ३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३४ रुपैयाँ १९ पैसा रहेको कतारी रियाल सोमबार एकको खरिदमा ३३ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३४ रुपैयाँ ०८ पैसा छ ।

त्यस्तै, मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ २२ पैसा र बिक्रीमा २८ रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिदमूल्य ९ रुपैयाँ ७१ पैसा र बिक्रीमा ९ रुपैयाँ ७६ पैसा, कुवेती दिनार एकको खरिदमा ४०५ रुपैयाँ ३५ पैसा र बिक्रीमा ४०७ रुपैयाँ ३१ पैसा र बहराइन दिनार एकको खरिददर ३२९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३३१ रुपैयाँ २१ पैसा छ ।

प्रतिक्रिया