टुसाल प्रथम विद्यालय स्तरिय पौडी च्याम्पियनशिप २०२२ सम्पन्न

admin

काठमाडौं, ३० जेठ : टुसाल मल्टी भेन्यूको आयोजनमा प्रथम विद्यालय स्तरिय पौडी च्याम्पियनशिप २०२२ आइतबार सम्पन्न भएको छ ।

प्रतियोगीमा महिला र पुरुष गरि १२ विद्यालयबाट कुल ४९ प्रतियोगीहरुले सहभागीता जनाएका थिए । २५ मिटरको लेनमा आयोजना गरिएको फ्रि स्टाइल पौडी च्याम्पियनशिप माइस इन्टरनेशनल सर्भिसको सहकार्यमा भएको हो ।

टुसाल मल्टि भेन्यूको आफ्नै पौडी पोखरीमा सञ्चलित पौडी प्रतियोगितमा पुरुष जुनियररसिनियर, महिला जुनियररसिनियर गरि जम्मा ४ विधामा प्रतियोगिताको आयोजना गरिएको थियो ।

पुरुष जुनियरमा रोजमेरी स्कुलका सुरज थापा मगरले १८ः३५ सेकेन्डमा पार गरी बिजेता र युनाइटेड स्कोलर्स एकाडेमीका सुलभ गुरुङ प्रथम रनरअप भएका छन् ।

पुरुष सिनियरतर्फ युनाइटेड स्कोलर्स एकेडेमीका रोशन तमाङ्ग बिजयी भएका छन् भने रमाइलो पाठशालाका सबिन तामाङ्ग र रियास चौधरीले क्रमश दोश्रो र तेश्रो स्थान हाशिल गरेकाछन् ।

त्यस्तै महिलातर्फ जुनियरमा मिल्सबेरी स्कुलकी निकोल तुलाधर (३१ः९६ सेकेन्ड )बिजयी भएकी अश्लेसा थापा दोश्रो स्थान हाशिल गरेका छन् ।

महिला सिनियरतर्फ संस्कृति इन्टरनेशनल स्कुलकी प्रिन्सा कार्की (२४ः१६ सेकेन्ड) ले विजयी प्राप्त गरेकी छिन् भने काठमाडौं लिंकन स्कुलकी आकृती श्रेष्ठ फ्रस्ट रनरअप र यूरेका स्कुलकी सिल्भी डंगोल सेकेन्ड रनरअफ भएकी छिन् ।

पौडि प्रतियोगितमा बिभिन्न बिधा मार्फत बेस्ट रिदम सिल्भी डंगोल, बेस्ट स्ट्रोक निकोल तुलाधर, बेस्ट ब्रेदिङ्ग एण्ड कोअर्डिनेसन किरण एरी सम्मानित भएका छन् । प्रतियोगितामा बिजेताहरुलाई ट्रफी, पदक र प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा टुसाल मल्टि भेन्यूका अध्यक्ष बिजय सापकोटा, प्रमख अतिथि तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरी महर्जन, विशेष अतिथि तारकेश्वर नगरपालिका उपमेयर सिर्जना बुर्लाकोटी, अतिथिहरु तारकेश्वर नगरपालिका ८ नं वडाध्यक्ष श्यामकृष्ण सापकोटा र राष्ट्रिय पौडी रेफ्री युवराज सुनुवारको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया