अवैध लागूऔषध सहित पक्राउ

पिएनपि खबर

बाँके, ३ असार : नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध २ ग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डुडुवा गाउँपालिका–५ बस्ने २५ वर्षीय उत्तम सार्की रहेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया