खोलाले बगाउँदा बालकको मृत्यु, दुई घाइते

admin

डडेल्धुरा, ७ असार : डडेल्धुराको परशुराम नगरपालिका–११ मा खोलाले बगाउँदा आज एक बालकको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

पातल खोला तर्ने क्रममा परशुराम–११ स्थित पशुपतिनाथ प्राथमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत पाँच वर्षीय नीराजन बोहराको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक हरिदत्त जोशीले जानकारी दिनुभयो ।

उनी विद्यालयबाट घर फर्किंदै थिए । खोला तर्ने क्रममा सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत गोपाल साउद तथा कक्षा ८ मै अध्ययनरत रेसम साउद घाइते भएका छन् ।

बोहरालाई पिठ्यूमा राखी खोला तार्ने क्रममा गोपाल घाइते भएको प्रधानाध्यापक जोशीले जानकारी दिनुभयो । घाइते दुवैको स्थानीयवासीले उद्धार गरेका थिए ।

प्रतिक्रिया