नागरिकता विधेयक अघि बढाउने सत्ता गठबन्धनकाे निर्णय

admin

काठमाडौं, ८ असार : सत्तारूढ पाँच दलीय गठबन्धनले संसदमा विचाराधीन नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ ।

आज बुधवार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको विधेयकलाई अगाडि बढाउने प्रस्ताव गर्नुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

उहाँले कतिपय नागरिकले बुबाआमा नेपाली नागरिक भए पनि नागरिकताविहीन हुनुपरेको भन्दै नागरिकताको समस्यालाई समाधान गर्न सरकार अघि बढेको बताउनुभयो ।

मन्त्री कार्कीले आजको बैठकमा शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्‍याउनका लागि पनि छलफल भएको बताउनुभयो ।

बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले शान्ति प्रक्रियाको बारेमा अहिलेसम्म प्राप्त विवरणको प्रगतिको प्रतिवेदन पनि प्रस्तुत गर्नुभएको उहाँकाे बताउनुभयो ।

प्रतिक्रिया