र्‍याप ब्याटल शो ‘ब्याटल भुमी’को औपचारिक घोषणा

admin

काठमाडौं, ९ जेठ : र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ पछिल्लो समय चर्चित रियालिटी शोको रूपमा स्थापित भैसकेको छ ।

दर्शकले उक्त शोलाई अत्यधिक मन पराए सँगै चौतर्फी रूपमा चर्चा पनि कमाएको छ । यसलाई मध्यनजर गर्दै उक्त टिमले पुन : नयाँ शोको घोषणा गरेका छन् । बुधवार एक कार्यक्रमका बिच र्‍याप ब्याटल शो ‘ब्याटल भुमी’को औपचारिक घोषणा गरिएको हो ।

‘ब्याटल भूमि’ नाम दिइएको शोमा भाग लिन चाहनेले डिजिटल अडिसन मार्फत सहभागी हुन सक्नेछन् । २२ जुन (आज) बेलुका ५ बजे देखी २ जुलाईसम्म अडिसन खुल्ला रहने निर्माण पक्षले जनाएको छ ।

सहभागीता जनाउन चाहनेले नेपाल र्‍यापको वेबसाइट www.nepalrap.com मा गएर डिजिटल अडिसन दिन सक्नेछन् । डिजिटल अडिसनका लागी सहभागीले म्युजिक बिटमा १ मिनेट भन्दा माथिको भिडियो पठाउनु पर्नेछ ।

सुदिप पोख्रेल र रोशन श्रेष्ठ कार्यकारी निर्माता रहेका उक्त कार्यक्रम निकेश खड्काले निर्देशन गर्नेछन् । ‘ब्याटल भुमी’मा जजको रूपमा मानस घले , कवि जी रहेका छन् भने अर्का एक जजको घोषणा गरिनेछ ।

यस्तै कार्यक्रमको होस्टका रूपमा कोइन्च जी रहेका छन् । साथै कार्यक्रमको असोसियट प्रोड्युसरको रूपमा मनोज सापकोटा रहेका छन् । श्रावणबाट ओे.एस.आर डिजिटल र डी म्युजिक टेलिभिजनबाट प्रसारण हुने शोमा विजेतालाई रु ५,००,००० नगद पुरस्कार र वर्ल्ड टुर गर्न पाउने बताइएको छ ।

‘नेपहप श्रीपेच’ हुँदा हुँदै अर्को कार्यक्रम किन आवश्यक पर्‍यो भन्ने प्रश्नमा ‘र्‍याप गायक र ब्याटल गायक बिच पनि भिन्नता हुने भएकाले पनि ‘ब्याटल भुमी’ कार्यक्रम निर्माण गर्न लगेको निर्माताले बताए ।

साथै उक्त कार्यक्रममा ‘नेपहपको श्रीपेच’मा सहभागी ‘डि एन एक्स’को चर्चित गीत ‘इन्टु मिन्टु लन्डन’को अफिसियल भिडियो ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने पनि घोषणा गरिएको थियो ।

प्रतिक्रिया