चार वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ

admin

बारा, ९ असार : चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका-२२ का एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चकरीका १८ वर्षीय युवक रहेका छन् । बालिकाको अभिभावक घरमा नभएको अवस्थामा युवकले बालिकामाथि बलात्कार गरेको आरोप छ ।

बालिकालाई बलात्कार गरेको खबर स्थानीयले प्रहरीलाई दिएका थिए । स्थानीयले सूचना दिएपछि प्रहरीले बुधवार युवकलाई पक्राउ गरेको हो ।अमलेखगंजबाट पुगेको प्रहरी टोलीले युवकलाई पक्राउ गरी हाल इलाका प्रहरी कार्यालय सिमरालाई बुझाएको थियो ।

पक्राउ परेका युवकलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले म्याद थपका लागि बिहीबार दिउँसो जिल्ला अदालत लगेको छ ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले युवकलाई म्याद थप गरी अनुसन्धान अघि बढाइने बताए ।

प्रतिक्रिया