पर्यटनमन्त्री आलेले दिए राजीनामा

admin

काठमाडौं, १२ असार : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पदबाट राजीनामा दिएका छन्। मन्त्री आलेले अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन्।

एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्री विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई सरकारमा पठाउने निर्णय गरेको थियो।

हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्री बनाउने निर्णय थियो। तर माधव नेपालले निरन्तर ताकेता गर्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णय कार्यान्वयनमा आलटाल गरिरहेका छन्।

मन्त्री हेरफेरको बिषयमा विवाद हुँदा पार्टी विभाजनसम्मको रेखा कोरिएको छ। मन्त्री आलेले राजीनामा पत्र बुझाएको भएपनि मन्त्री खतिवडा, झाँक्री र श्रेष्ठ पद छाड्ने पक्षमा छैनन्।

बहालवाला मन्त्रीहरू सकभर आफू नहट्ने र हट्नैपरे नयाँ आफू अनुकुल हुनुपर्ने गरी नेतृत्वलाई दबाब दिइरहेका छन्।

उनीहरूले पार्टीको निर्णय अपरिपक्व भएको र नयाँ पठाउने मन्त्री समावेशी हुनुपर्ने भन्दै आठ बुँदे लिखित ध्यानाकर्षण पत्रसमेत अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका थिए।

प्रतिक्रिया