त्रिवि कर्मचारीमा सङ्घमा कार्की निर्वाचित

admin

काठमाडौं, १६ असार : त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घको अध्यक्षमा छत्रबहादुर कार्की निर्वाचित भएका छन्।

प्रगतिशील कर्मचारी सङ्गठनका उम्मेदवार कार्कीले प्रजातान्त्रिक वाम लोकतान्त्रिक समूहका पुण्यप्रसाद रेग्मीलाई पराजित गर्दै विजय भएका हुन्। कार्कीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा भूपेन्द्र लामा, प्रदेश नं १ को उपाध्यक्षमा पुष्कर खनाल, मधेस प्रदेश उपाध्यक्षमा विजय कुशवाहा, बागमती प्रदेश उपाध्यक्षमा रविलोचन श्रेष्ठ, गण्डकी प्रदेश उपाध्यक्षमा प्रजापति पराजुली, लुम्बिनी प्रदेश उपाध्यक्षमा माधव ज्ञवाली, कर्णाली प्रदेश उपाध्यक्षमा ईश्वरी रेग्मी र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा मिग्मा दोर्जे शेर्पा निर्वाचित भएका छन्।

यस्तै महासचिवमा सिर्जना भोमी, सचिवमा उज्वलमान प्रधान र कोषाध्यक्षमा प्रतिमा खत्री निर्वाचित भएका छन्। यही असार १० गते ७३ मतदान केन्द्रमा कूल चार हजार ९७९ मतदाताले मतदान गरेका थिए। सङ्घको प्रत्येक तीन/तीन वर्षमा नयाँ नेतृत्वका लागि निर्वाचन हुने गर्दछ।

प्रतिक्रिया