काभ्रेमा बस दुर्घटना: एक जनाको मृत्यु, ४० जना घाइते

admin

काभ्रे, १६ असार : काभ्रेको बनेपामा बस दुर्घटना भएको छ । बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।

भक्तपुर लोकन्थलीकी ५२/५३ बर्षीय लेक कुमारी बस्नेतको मृत्यु भएको हो । घाईते मध्ये पाँच जनाको अवस्था मध्यम रहेको छ ।

बनेपा नगरपालिका वडा नम्बर ११ मा स्थित अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रको कर्मचारी बाेकेको बा १ क ५७४७ नम्बरको बस आज दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुको उपचार शिर मेमोरियलमा २१ जना , भोमी हस्पिटलमा ७ जना,  धुलिखेल अस्पतालमा ८ जना र केहीको अपाङ बाल अस्पतालमै उपचार  भइरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले जानकारी दिए।

अस्पतालबाट निस्केको केही समयमा नै बस दुर्घटनामा परेको थियो । बस बाइकलाई साइड दिने क्रममा सडकको डिल भासिएपछि खसेको प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले जानकारी दिए ।

प्रतिक्रिया