संघ र प्रदेशको निर्वाचन मिति तोक्न आयोगलाई प्रधानमन्त्रीको आग्रह

admin

काठमाडौं, १७ असार: प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगलाई प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति प्रस्ताव गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवा र आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको अनौपचारिक छलफलमा प्रधानमन्त्री देउवाले मिति प्रस्ताव गर्न आयोगलाई आग्रह गरेका हुन् ।

‘आयोगले प्रस्ताव गरेको मितिमै अघि जाने सोच छ । अन्य दलहरूसँग पनि परामर्श गर्छौं र समिति तोक्छौं‚’ बैठकमा सहभागी स्रोतले भन्यो‚ ‘अर्को साता मिति प्रस्ताव गर्न प्रधानमन्त्रीले भन्नुभएको छ ।

आयोगका प्रमुख आयुक्त थपलियाले प्रधानमन्त्रीसँग भेट भएको जानकारी दिँदै निर्वाचन समयमै गर्न प्रधानमन्त्री सकारात्मक रहेको जानकारी दिए । आयोगले कात्तिक मसान्तमा निर्वाचन गर्न प्रधानमन्त्रीलाई अनौपचारिक प्रस्ताव गरेको छ ।

यसअघि आयोगले मंसिर पहिलो सातासम्म निर्वाचन गरिनसक्नुपर्ने बताउँदै आएको थियो । निर्वाचनसम्बन्धी कानुन पेश गर्ने विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया