महानगरले ठेला समातेको मकै व्यापारी दम्पत्तिलाई कांग्रेस नेता बस्नेतको आर्थिक सहयोग

admin

काठमाडौँ, १९ असार : काठमाडौंको बालुवाटारमा मकै बिक्रि गर्ने क्रममा काठमाडौं महानगरले गाडा उठाएका दम्पतीलाई कांग्रेस नेता मोहन बहादुर बस्नेतले आर्थिक सहयोग गर्नुभएको छ ।

सिन्धुपाल्चोक मेलम्ची–१० का चेतेन्द्र आचार्य दम्पतीलाई आइतबार बस्तेलसहित कांग्रेस सिन्धुपाल्चोकका दुई नेताले रु ५१ हजार रुपैया सहयोग गरेका हुन् ।

नगरपालीकाले गाडा खोसेपछि भाडा तिर्न र बालबच्चा पढाउन समस्या भएको थाहा पाएपछि सहयोग गरेको बस्नेतले बताउनुभयो । उहाले सवारीसाधानको आवतजावत र सर्वसाधारणको आवातजावतमा समस्या नहुने गरि व्यवसाय गर्न सुझाव दिनुभयो ।

त्यस्तै चेतेन्द्र आचार्यले कसैलाई बाधा नपर्ने स्थानमा व्यापार गर्दा आफ्नो गाडा उठाइएको गुनासो गर्नुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारबाट दुई सय मिटर उत्तरको चोकस्थित सडक किनारमा मकै पोल्न लाग्दा महानगरले उनीहरुको गाडा जफत गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

प्रतिक्रिया