ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

admin

भक्तपुर : मिनी ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

चाँगुनारायण नगरपालिका–५ पिखेलमा भक्तपुर डेकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा५ख ५४२३ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा बा६७प ८४२२ नम्बरको स्कुटर चालकभक्तपुर नगरपालिका–१ सल्लाघारीका ३२ वर्षीय माधव बस्नेतको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका बस्नेतको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

प्रहरीले मिनी ट्रकका चालक भक्तपुर नगरपालिका–८ लिवालीका ४३ वर्षीय सत्यराम कर्माचार्यलाई पक्राउ गरेको छ।

प्रतिक्रिया