‘म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु’ : मेयर बालेन

admin

काठमाडौं, २५ असार : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो तलबबाट चर्चित ¥यापर स्वर्गीय यम बुद्धको शालिक बनाउने बताएका छन् ।

शनिबार सोसल मिडिया फेसबूकमार्फत् मेयर साहले आफ्नो तलबबाट यम बुद्धको शालिक बनाउने बताएका हुन् ।

त्यसोत, यम बुद्धको सालिक बनाउनका लागि महानगरले १५ लाख रुपैयाँ बजेट छुट्याएको समाचार बाहिरिएको थियो । उक्त समाचारसँगै मेयर बालेनको तीब्र आलोचना हुन थालेको छ ।

यसैबीच मेयर बालेनले आफ्नो तलबबाट यम बुद्धको शालिक बनाउने स्पष्ट पारेका हुन् ।

मेयर बालेनले भनेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु । तपाईंहरूको दिन शुभ रहोस् ।

प्रतिक्रिया