भक्तपुरमा किशाेरीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ

admin

भक्तपुर, २७ असार : भक्तपुरमा किशाेरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

हिजो बेलुका साढे ७ बजेतिर सूर्यविनायक नगरपालिका चित्तपोलको पिसपुल रिसोर्टमा आफूमाथि जबरजस्ती करणी भएको भन्दै १६ वर्षकी बालिकाले उजुरी दिएपछि प्रहरीले चाँगुनारायणका २७ वर्षका राज कटुवाललाई पक्राउ गरेको हो ।

पक्राउ परेका आरोपितमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया