भृकुटीमण्डपको आगलागी नियन्त्रणमा

admin

काठमाडौं , २९ असार : भृकुटीमण्डपमा रहेको ह्विल चेयरको गोदाममा भएको भीषण आगलागी नियन्त्रणमा आएको छ। करिब दुई घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको हो।

आगलागीको खबर पाउनासाथ काठमाडौं महानगरपालिकाको दमकल पुगेर आगो निभाउने प्रयास गरेको थियो। दमकल, प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। आगलागी के कारणले भयो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया