जलविद्युतको पावर हाउस भासिंदा एकै परिवारका ३ जनाको मृत्यु

admin

जुम्ला, ३१ असार : जुम्लाको हिमा गाउँपालिका वडा नम्वर १ आचार्यलिहिकाे भित्रिखाेला लघु जलविद्युतकाे विद्युत गृहमा पहिराे जाँदा एकै परिवारका तीन जनाकाे मृत्यु भएकाे छ।

गएराति ११ बजे विद्युत गृह माथि बाट खसेकाे पहिराेमा परि अपरेटर गाेरख बहादुर रावतकि श्रीमती र दुई जना छाेराकाे मृत्यु भएकाे हाे।

अपरेटर रावत गाउँ गएकाे बेला एक्कासि आएकाे पहिराेबाट उनकि ३१ वर्षिया श्रीमती विमला रावत, ९ वर्षिय छाेरा भरत रावत र ७ वर्षिय छाेरा सुर्य रावतकाे घटनास्थलमै मृत्युु भएकाे बड्की प्रहरी चाैकिका राम प्रसाद चाैंलागाईले जानकारी दिए।

विद्युतकाे ट्याङ्कीमा पानी ओभरलाेड भएपछि विद्युत गृहमाथि खस्दा पहिराे आएकाे उनले बताए । अपरेटर विद्युत मर्मतका लागि गाउँ पुगेकाेले उनी बाँच्न सफल भए, तर श्रीमतीसहित तिनजना गुमाए।

राति ११ बजे झ्याप्प बत्ती गएपछि, अपरेटर हतार हतारमा विद्युत गृहमा पुगे, पहिराे आएकाे देखेपछि अत्तालियर उद्दारका लागि अनुराेध गर्न गाउँ पुगे, तर तिनै जनाकाे मृत्यु भइसकेकाे रहेछ।

प्रतिक्रिया