चार महिनापछि थप एक कोरोना संक्रमितको मृत्यु

admin

काठमाडौं, साउन १ : नेपालमा चार महिनापछि कोरोना संक्रमणबाट मृत्यु भएको छ।

गत २४ घण्टामा भेटिएका १३५ संक्रमितमध्ये एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि फागुन २७ गते एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

त्यसपछि कोरोनाबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको थियो। यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५३ पुगेको छ।

प्रतिक्रिया