उपसभामुख भुसालद्वारा पदभार ग्रहण

admin

काठमाडौं, साउन १ : नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पदभार ग्रहण गरेकी छन् ।

पदभार ग्रहण गर्दै भुसालले आफूले काम –कारबाही इमानदारितापूर्वक गर्ने र कार्यकालभर फलदायी काम गर्ने बताएकी छन् ।

भुसालले आइतबार राष्ट्रपति निवासमा पद तथा गोपनीयताको शपथ लिएकी थिइन् । उनी शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया