गाउँपालिकाका अधिकृत ३० हजार घुससहित पक्राउ

admin

काठमाडौँ, १ साउन : कैलालीको एक गाउँपालिकाका अधिकृत ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा नगद ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हन् ।

गाउँपालिकाको जिन्सी शाखा प्रमुखका रुपमा कार्यरत बुढा आइतबार ३० हजार रुपैयाँ घुससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कंचनपुरले जनाएको छ ।

बुढालाई घोडाघोडी नगरपालिका वडा नम्बर १ स्थित नवरत्नबाट होटल पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुर कार्यालयका प्रमुख रामबहादुर कुरुम्बाङले बताए । उनले बुढाले गाउँपालिकाको बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत ३० हजार रुपैयाँ मागेको र सो रकम सहित पक्राउ गरेको बताए ।

प्रमुख कुरुम्बाङले होटलबाट बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत घुस मागेको सूचनाको आधारमा बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया