जनप्रतिनिधिले २ दिनमा खाए ८०३ किलो मासु

admin

काठमाडौं, साउन १० : स्थानीय तहमा कसरी भष्टाचार हुन्छ भन्ने कुरा जनकपुर उपमहानगरपालिकाको एउटा घटना हेरे पुग्छ ।

जहाँ जनप्रतिनिधिले दुई दिनको नगरसभा कार्यक्रममा नै ८०३ किलो मासु खाएको विवरण तयार पारेका छन् । यसमा खर्च मात्रै ७ लाख १० हजार रुपैयाँ गरिएको छ ।

नगरसभामा उपस्थितहरुको विवरण समेत नखुलाइ मासुमा नै यतिको खर्च गरेको महालेखा परीक्षकको तथ्यांकले पुष्टि गर्छ । उक्त तथ्याङ्कअनुसार नगरसभाका सहभागीहरुले १ हजारका दरले ६ सय ५३ किलो खसीको मासु खाएका छन् ।

यसको खर्च ६ लाख ५३ हजार रुपैयाँ पर्छ भने कुखुराको मासु ३ सय ८० रुपैयाँको दरले १ सय ५० किलो खाएका छन् । जसको खर्च ७५ हजार पर्छ ।

जनकपुर उपमहानगरपालिकाले नगरसभा सन्चालनकै लागि ५० लाख बजेट विनियोजन गरेको छ । यो खबर आजको अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया