आजको मौसम : भारी वर्षाको सम्भावना

admin

काठमाडौं, १४ साउन : शनिबार​ देशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रहनेछ। प्रदेश१, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही मधेस र प्रदेश–१ का एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया