आफैँ पढ्ने विद्यालयको बसले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु

admin

दाङ , १४ साउन :विद्यालयको बसले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ। गढवा गाउँपालिका–७ मानपुरका भीमसेन थापाकी छोरी तीन वर्षीया पूजाको ज्यान गएको हो।

प्रहरीका अनुसार शुक्रबार आफू पढ्ने न्यु मुनराइज बोर्डिङ स्कुलको ना ६ ख ६४३२ नम्बरको बसले किचेको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले बसबाट ओर्लिने क्रममा उनलाई पछाडिको टायरले किचेको बताए ।

गम्भीर घाइते भएकी उनलाई उपचारका लागि लमही अस्पताल पुर्‍याइए लगत्तै मृत्यु भएको थियो । प्रहरीले विद्यालयको बस र चालकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया