नेपालमा थप ४३८ जनामा कोरोना पुष्टि, दुईको मृत्यु

admin

काठमाडौं, १४ साउन : पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६९९ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ७७९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ९२ जना र १ हजार ४६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १४६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २८ हजार ६०९ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ४३ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ४ हजार ३६९ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण २ एकको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९६६ पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ७७ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६९ हजार ७६५ पुगेको छ ।

प्रतिक्रिया