काभ्रेबाट तीन जना लागू औषध कारोबारी पक्राउ

admin

काभ्रे,  १५ साउन : काभ्रेको बनेपाबाट तीन जना लागू औषध कारोबारी पक्राउ परेका छन् ।

बनेपा नगरपािलका १० जनागालमबा गएराती लागू औषध कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा बारा पिपरपाती गाउँपालिका ४ बस्ने ३५ वर्षिय समसोदिन मिया, बनेपा नगरपालिका १० बस्ने २८ वर्षिय सविन हुमागाईँ र बारा डुमरवाना ४ बस्ने ३८ वर्षकि संगिता चौधरीलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट प्रहरीले ३०२ एम्पुल DIAZEPAM, ३०२ एम्पुल PHENERGAN र ३०२ एम्पुल NOOPHIN गरि ९०६ एम्पुल लागू औषध बरामद गरेको छ । उक्त लागू औषध विरगंज पर्सा वस्ने मानिसहरूले दिई पठाएको भन्ने खुलेको प्र ह रीले जनाएको छ ।

जिल्ला प्र ह री कार्यालय कार्यालयबाट खटिएको प्र ह री टोलिले स्थानिय प्रहरीसँगको सहकार्यमा बारा कलैया उप महानगरपालिका १२ बस्ने २७ वर्षका पवन कुमार शाह र विरगंज महानगरपालिका २४ पर्सा बस्ने २७ वर्षका शेषनाथ शाहलाई विरगंज पर्साबाट नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई आज जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्र ह री कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया