माइक्रोबस दुर्घटना, १८ जना घाइते

admin

काठमाडौँ, १६ साउन : चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९, भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

घाइतेहरुको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये केहीको अवस्था गम्भिर रहेको अस्पताल प्रशासनले जनाएको छ ।

आज दिउँसो करिब ४ बजे नारायणगढबाट धादिङतर्फ जाँदै गरेको बा ३ ख ८५८८ नम्बरको रिजर्भ माइक्रोबस अनियन्त्रित भई सडकबाट २० मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो ।

घाइतेमध्ये अधिकांश मुक्तिनाथ विकास बैंकको कर्मचारी रहेको प्रहरीले जनाएको छ । उनीहरु भरतपुरमा बैंक तालीम सकेर धादिङ फर्किदै थिए ।

प्रतिक्रिया