यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

admin

काठमाडौं, साउन १७ : नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।


अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ १४ पैसा र बिक्री दर १२६ रुपैयाँ ७४ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ४१ पैसा र बिक्री दर १३० रुपैयाँ ०३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ ५२ पैसा र बिक्री दर १५५ रुपैयाँ २६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५१ पैसा र बिक्री दर ३४ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रतिक्रिया