नेपाल भलिबल संघको अध्यक्षमा निरोज मास्केको उम्मेदवारी

admin

काठमाडौं, १७ साउन : नेपाल भलिबल संघको अध्यक्ष पदमा निरोज मास्केले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै संघकी वर्तमान उपाध्यक्ष मास्केले चुनावी घोषणा पत्र सहित अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

उम्मेदवारी घोषणा कार्यक्रममा उहाले नेपालको भलिबल विकासको विविध एजेण्डा र कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।

सो क्रममा उहाले भलिबलको पूर्वाधार विकासदेखि कार्यक्रम, प्रशिक्षण, प्रोत्साहन र प्रशासनीक सुधारको कार्यक्रमलाई अघि बढाउने बताउनुभयो ।

ग्रासरुटदेखि विभिन्न तहको भलिबल टिम निर्माण गर्ने, सोही अनुसारको कार्यक्रम गर्ने, काठमाडौं सहित देशभरका हरेक प्रदेशमा भलिबलको भौतिक संरचना बनाउने, खेलाडीलाई मासिक सेवा सुविधा उपलब्ध गराउने र संघको प्रशासन चुस्त तरिकाले सञ्चालन गर्ने उहाले बताउनुभयो ।

मास्केले संघीय सरकारदेखि प्रदेश हुँदै स्थानीय तहसँग सहकार्य गर्ने र नीजि क्षेत्र सहित विभिन्न रणनीतिक साझोदारलाई भलिबल खेलको विकाससंग जोड्ने एजेण्डा अघि सार्नुभएको छ । नेपाल भलिबल संघको केन्द्रिय निर्वाचन भदौ २२ गते काठमाडौंमा हुदैछ ।

 

प्रतिक्रिया