कस्तो रहला आजको मौसम ?

admin

काठमाडौँ , साउन २३ : आज वाग्मती प्रदेश र प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् समिर श्रेष्ठका अनुसार आज दिउँसो प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ भने राति प्रदेश-१ सहित वाग्मतीका केही ठाउँमा पनि ठूलो पानी पर्नेछ ।

यी दुई प्रदेशमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मौसमविद् समिर श्रेष्ठका अनुसार मनसुनको न्यून चापी‍य प्रणाली भारततर्फ सरेकाले एक/दुई दिन लगातार झरी पर्ने सम्भावना छैन । यतिबेला काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा घाम लागेको छ । काठमाण्डौमा बेलुकीपख भने पानी पर्ने अनुमान छ ।

प्रतिक्रिया