थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

admin

काठमाडौँ , साउन २३ : नेपालमा थप ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ८ सय ६२ पिसिआर परिक्षणका क्रममा ४ सय ९८ जना र २ हजार ४ सय ८९ एन्टीजेन परिक्षणका क्रममा ४ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ७२ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै थप ४ सय ७० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७२ हजार ९ सय ६७ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ६ सय ८६ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया