विश्वकै सर्वाधिक उचाइमा गल्फ कोर्स निर्माण

admin

काठमाडौँ , साउन २३ : विश्वकै सर्वाधिक उचाईको अल्टिच्युडमा गल्फ कोर्ष निर्माण भएको छ । मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा विश्वकै सर्वाधिक उचाईको गल्फ कोर्ष ’मुस्ताङ गल्फ कोर्ष’ निर्माण भएको हो ।

मुस्ताङ गल्फ कोर्ष समुन्द्र सतहदेखि ४ हजार ६ सय ४५ मिटरको उचाईको रहेको छ । यस अघि सिक्किमको याक गल्फ कोर्षलाई सर्वाधिक उचाईको गल्फ कोर्ष मानिन्छ । उक्त गल्फ कोर्ष ३ हजार ९ सय ७० मिटरको उचाईमा रहेको छ ।

गल्फ कोर्ष ९ होलको रहेको सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनबाट जानकारी गराईएको छ । उक्त गल्फ कोर्षमा आगामी भदौमा ’टप अफ द वर्ल्ड गल्फ च्यालेन्ज’ आयोजना समेत हुने भएको छ ।

प्रतियोगिता भदौ ११ गते शनिबार आयोजना गरेर गल्फ कोर्षको उद्घाटन गर्ने तयारी गरिएको छ । स्टेबल फर्म्याट ३, ४ ह्याण्डीक्यापको आधारमा हुने प्रतियोगिताको विजेता, उपविजेता, महिला विजेता, बेस्ट ग्रस, कोल्जेस्ट टु द पिन, लंगेस्ट ड्राइभ र मस्ट बर्डिजलाई पुरस्कृत गरिने बताइएको छ ।

प्रतिक्रिया