हेलम्बु राजमार्गको विभिन्न ठाउँमा पहिरो : सिपाघाट–मेलम्ची सडकखण्ड बन्द

admin

काठमाडौं, साउन २४ : सिन्धुपाल्चोकको हेलम्बु राजमार्गको विभिन्न ठाउँमा पहिरो गएको छ । पहिरोका कारण सिपाघाट–मेलम्ची सडकखण्ड बन्द भएको छ ।

यो राजमार्गको जाल्पा क्रसर, रवि क्रसर, लामा क्रसर र रातो पहिरामा पहिरो गएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

बन्द सडक खुलाउन उपकरण पठाइसकिएको र केही समयमै गाडी चल्ने मेलम्ची नगरपालिकाका विपद् स्रोत व्यक्ति सुजन दुलालले बताउनुभयो ।

प्रतिक्रिया