सुनचाँदीको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

admin

काठमाडौं, साउन २४ : नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९६ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छापावाल सुन मंगलबार तोलामा ६ सय रुपियाँले बढेर ९६ हजार ९ सय रुपियाँ कायम भएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ ।

मंगलबार चाँदी तोलामा ३५ रुपियाँले बढेर प्रतितोला १२ सय ४० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

 

प्रतिक्रिया