काठमाडौं, साउन ३१ : सरकारले मंगसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेस सभाको निर्वाचन मिति घोषणा गरेपछि देश ब्यापी रूपमा राजनीतिक चहलपहल ह्वात्तै बडेको छ ।
यसै क्रममा देशको उत्तर पुर्वी जिल्ला संखुवासभाबाट प्रतिनिधि सभा सदस्यको दौडमा युवा नेता तेन्जिङ भोटिया पनि अगाडी आएको छ ।
राष्ट्रिय स्तरमा नै नयाँ र युवा नेतृत्वको बहस निकै जोडतोडले चलिरहेको समयमा अति सीमान्तकृत साथै अल्पसंख्यक समुदायबाट आएको युवाको उम्मेद्वारीको दावीले पक्कै पनि राजनीतक तरंग पैदा गरेको छ ।
तेन्जिङ समाजशास्त्रमा एमए गरेका भोटिया नेकपा एस संखुवासभा जिल्ला कमिटी सदस्य, साथै संखुवासभा काठमाडौं सम्पर्क मंच उपाध्यक्ष हुन् भने युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य एवम अतिरिक्त क्रियाकलाप विभाग उप-प्रमुख समेत हुन ।
लामो समय देखि शैक्षिक क्षेत्रमा क्रियाशील रहेका भोटियाले काठमाडौंमा विद्यालय संचालन गर्दै आएका छन भने वहाँ रेम्बो टिभीका संस्थापक समेत हुन ।
गीत संगीत देखि लिएर कलाकारीता साथै म्युजिक भिडियो निर्देशन समेत गरिसकेका भोटिया दि तेन्जिङस शो का प्रस्तोता समेत हुनुहुन्छ ।
बुवा ताक दुङ भोटिया पनि नेकपा एमालेबाट ईलाम जिल्ला गोर्खे गाविसका पुर्व गाविस उपाध्यक्ष हुन भने तेन्जिङ भोटिया वहाँको पुर्खाको जिल्ला संखुवासभाबाट नै चुनाव लड्ने तयारीमा हुनुहुन्छ ।
नेकपा एसका सम्मानित नेता झलनाथ खनालको निकट रहेको भोटिया गठबन्धनको निर्णय के हुन्छ भन्ने पर्खाईमा हुनुहुन्छ ।