निर्वाचनसम्म गठबन्धन कायम रहन्छ : सञ्चारमन्त्री कार्की

admin

काठमाडौं, भदौ १ :  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समृद्ध मुलुक निर्माणका निम्ति आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचनमा गठबन्धन कायम रहने बताउनुभएको छ ।

कृष्णप्रसाद भट्टराई फाउन्डेशनले बुधबार काठमाडौंमा आयोजना गरेको ‘नव–निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई बधाई शुभकामना तथा अन्तरक्रिया’ कार्यक्रममा कार्कीले आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँगै समृद्ध मुलुक निर्माणका गठबन्धन कायम रहने बताउनुभएको हो ।

उहाले जलस्रोत, पर्यटन, कृषि क्षेत्रलाई उपयोग गरेर मुलुकलाई आगामी १० वर्षभित्रमा समृद्ध मुुलुकका रुपमा विकास गर्ने योजना गरेको धारणा राख्नुभयो ।

विकास, सेवा प्रवाह र जनगुनासो सम्बोधन गर्दै परिणाम आउने गरी जनताको पक्षमा काम गर्न उहाले जनप्रतिनिधिलाई निर्देशन दिनुभयो ।

मन्त्री कार्कीले सीमित स्रोत साधनबीच योजना बनाएर प्राथमिकताका आधारमा गर्नुपर्ने काममा ध्यान केन्द्रीत गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया