‘मिसेस नेपाल ग्ल्याम २०२२’ को आवेदन खुल्ला

admin

काठमाडौँ : लामो समयदेखि बिभिन्न सौन्दर्य प्रतियोगीता आयोजना गर्दै आएको ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले बिगतका बर्ष झै यो बर्ष पनि ‘मिसेस नेपाल ग्ल्याम २०२२’ आयोजना गर्ने भएको छ ।

आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले सोमबार एक बिज्ञप्ती जारी गर्दै प्रतियोगीताको आवेदन खुल्ला भएको जनाएको हो । विवाहित महिलाहरूको प्रतिभा निखार्दै उनीहरूलाई भविश्य निर्माणमा सक्षम बनाउने उदेश्यले प्रतियोगिता आयोजना हुँदै आएको हो ।

 

बिगतका बर्ष भन्दा यो बर्ष झनै भब्य सब्य रुपमा प्रतियोगतिा आयोजना हुने आयोजक ग्ल्याम वल्र्डकी प्रिती कार्कीले बताइन् ।

प्रतियोगिताका लागि २० देखि ४५ वर्षसम्मका विवाहित महिलाले आवेदन भर्न सक्नेछन् । प्रतियोगिताको पहिलो अडिसन यही भाद्र ११ गते बानेश्वर स्थित होटल रानीमहलमा आयोजना हुनेछ । सहभागी हुन चाहनेले अनलाईन मार्फत तथा ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टको कार्यालय र होटल रानीमहलबाट आवेदन फर्म भर्न सक्नेछन् ।

शीर्ष सहित बिभिन्न आधा दर्जन विजेता छानिने प्रतियोगिताको विजेताले उपाधिका साथमा बिभिन्न अवसर गिफ्ट पुरस्कारको रुपमा प्राप्त गर्नेछन् । प्रतियोगीताकोकोरियोग्राफर आश्विनी झा हुन् । आश्विनी नेपालका चर्चित तथा सबैभन्दा व्यास्त कोरियोग्राफर हुन् ।

प्रारम्भिक अडिसनबाट छानिएका प्रतियोगीलाई सञ्चारकला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङसेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका बिभिन्न अन्तराष्ट्रिय स्तरको प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने कार्यक्रम संयोजक आकाश गिरीले बताए ।

‘मिसेस नेपाल ग्ल्यामको उपाधि २०१८ अलाइजा महर्जन, २०१९ मिनु प्रधान र २०२१ मा उर्मिला कार्कीले जितेकी थिईन् । प्रतियोगीताका विजेताले ‘सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस इन्टरनेशनल’ का अलवा बिभिन्न प्रतियोगीतामा सहभागीको अवसर प्राप्त गर्नेछन् ।

प्रतिक्रिया