काठमाडौं, ६ भदौ : सत्तारुढ गठबन्धनको बैठकमा सिट बाडफाँटको बिषय सहमति नजिक पुगेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको बैठकमा सिट बाडफाँटको बिषय निष्कर्ष नजिक पुगेको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।
बैठकमा सिट बाडफाँटका साथै त्यसपछिको अवस्थाका बारेमा पनि छलफल भएको उहाको भनाई छ । कार्कीले मंगलबार दिउँसो तीन बजे पुन बैठक बस्ने र थप छलफल हुने जानकारी दिनुभयो
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनाव जाने सहमति भएको छ तर सिट बाडफाँटको बिषय भने अझै टुङ्गोमा पुग्न सकेको छैन ।