प्रभु बैंकका कर्मचारी आन्दोलनमा

admin

काठमाडौँ, ७ भदौ : आफुहरुमाथि भएको विभेदको अन्त्य गर्नुपर्ने माग गर्दै प्रभु बैंकका कर्मचारीहरुले केन्द्रीय कार्यालय अगाडी धर्ना दिएका छन् ।

मंगलबार काठमाडौंको बिजुलीबजारस्थीत कार्यालय अगाडी प्रभु बैंक वित्तिय संस्था कर्मचारी युनियनले आफुहरुमाथिको विभेद अन्त्य गर्नुपर्ने, विभेदकारी पदोन्नती सूचीमा छुटेका सम्पूर्ण कमएचारीहरुको तुरुन्त पदोन्नती गर्नुपर्ने लगाएतका माग राख्दै धर्ना दिएका हुन् ।

उनीहरुले संस्थागन शुसाशन कायम गर्नुपर्ने र संस्थागत संस्कृतिको बिकास गनुपर्ने माग राखेका छन् । युनियनका मागहरु तुरुन्त सम्बोधन नगरे अर्को चरणको आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

 

प्रतिक्रिया