विधायन समितिको बहुमतबाट नागरिकता विधेयक जस्ताको तस्तै पारित

admin

काठमाडौं, १५ भदौ : राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई बहुमतले पारित गरेको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले विधेयक बहुमतले हुबहु पारित गरेको हो ।

बैठकमा पाँच जना सांसदहरुले फरक मत राखेका थिए । फरक मतलाई समेत समावेश गर्ने गरि उक्त बिधेयक पारित भएको हो । त्यसअघि छलफलमा भाग लिदै एमाले सांसद भगवती न्यौपानेले बहुमतका आधारमा बिधेयकलाई पारित गर्न खोजिएको भन्दै आपत्ती जनाउनुभयो ।

संविधानमा उल्लेख भएबमोजिमको नागरिकता प्रदान गर्ने गरि बिधेयकलाई पारित गर्नुपर्ने उहाको भनाइ छ ।

त्यस्तै सांसद देवेन्द्र दाहालले राष्ट्रपतिबाट आएको सुझावहरुलाई समेत समावेश गरेर बिधेयकलाई अघि बढाउनुपर्ने बताउनुभएको थियो । त्यस्तै उहाले सात बर्षपछि मात्रै बैवाहिक अंगीकृत नागरिकता पाउनुपर्ने बताउनुभयो ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिक ऐनलाई संशोधन बिधेयक २०७५ र नागरिक ऐनलाई संशोधन अध्यादेशको आधारशिलामा नै नयाँ बिधेयक ल्याइएको बताउनुभयो ।

उहाले लाखौ नागरिकता बिहीनलाई नागरिकता दिने ध्येयका साथ नै बिधेयक तयार गरिएको बताउनुभयो । राष्ट्रपतिबाट आएको सुझावहरुका बारेमा संविधान नै संशोधन गर्नुपर्ने देखिएको उहाको भनाई छ ।

बिधायन समितिबाट पारित भएसंगै अव उक्त बिधेयक राष्ट्रिय सभाबाट पनि पारित गर्ने तयारी गरिएको छ ।

सङ्घीय संसद्को दुवै सदनबाट पारित यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएकोमा राष्ट्रपतिबाट साउन २९ गते आठ बुँदे सन्देशसहित प्रतिनिधि सभामा फिर्ता भएको थियो ।

प्रतिक्रिया