बढ्यो सुनचाँदीको मूल्य

admin

काठमाडौं, भदौ १९ : लगातार ८ दिनको गिरावटपछि आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवासायी महासंघकाअनुसार आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले वृद्धि भएको छ ।

आज छापावाल सुनको मूल्य ९३ हजार ३००, तेजावी सुनको मूल्य ९२ हजार ८०० र चाँदीको मूल्य प्रतितोला १११० रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाल सुनको मूल्य ९३ हजार, तेजावी सनुको मूल्य ९२ हजार ५ सय र चाँदीको मूल्य एक हजार एक सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

८ दिनसम्म निरन्तरको गिरावटपछि शुक्रबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको थियो । यस्तै गत भदौ ९ गतेदेखि सुनको मूल्य पनि निरन्तर ओरालो लागेको थियो ।

सुन चाँदीको मूल्य उतार चढाबका अन्तर्राष्ट्रिय कारणले नै भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । ठूला अर्थतन्त्र भएका देशका केन्द्रीय बैंकहरुले नगद मौज्दातमा ब्याज वृद्धिको घोषणा गर्दा लगानीकर्ताहरु सुनभन्दा बैंक निक्षेपमा आकर्षित हुँदा सुनको भाउ अव मूल्ययन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

 

प्रतिक्रिया