संसद् राजेन्द्र लिङदेनले गरे सांसद पद त्यागको घोषणा

admin

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधि सभा सदस्य त्या ग गरेको घोषणा गरेका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा विषय समय लिएर बोल्दै उनले प्रतिनिधि सभा सदस्य त्याग गरेको घोषणा गरेका हुन्।

 

“चुनावको घोषणपछि अब म संसद्मा आउँदिनँ, भत्ता पकाउनकै लागि आउँदिन भन्ने सोचेको थिएँ,” उनले भने, “चुनावी तयारीमै व्यस्त हुन खोजेको थिएँ। तर म्याद बढाउन खोजेपछि बोल्नकै लागि आएको हुँ।”

उनले प्रतिनिधि सभाको म्याद लम्याउने तयारीको विरोधमा सांसद पद त्यागको घोषणा गरेका हुन्।

“यहिँबाट घोषण गर्न चाहन्छु, म आजबाट सांसदको रुपमा यहाँ उपस्थित हुने छैन। समामुखलाई आग्रह गर्न चाहन्छु, मेरो नाममा आउने तलबभत्ता सुविधा रोकियोस्,” उनले भने, “यस्तो अनैतिक काममा लाग्न मेरो अन्तरआत्माले मानेनन्।”

प्रतिक्रिया