कस्तो रहला आजको मौसम ?

admin

काठमाडौँ, २० भदौ : आज प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका एक/दुई ठाउँ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताका छन् ।

मौसमविद् मञ्जु बासीका अनुसार आज खासै ठूलो पानी पर्ने सम्भावना छैन । तर, मेघगर्जन र चट्याङ पर्ने भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ ।

अहिले मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविद्को भनाइ छ ।

प्रतिक्रिया