क्यानाडामा चक्कु प्रहार हुँदा १० जनाको मृत्यु, १५ घाइते

admin

क्यानाडाको छुट्टाछुट्टै स्थानमा भएको चक्कु प्रहारमा १० जनाको मृत्यु भएको छ ।

साेही घटनामा १५ जना घाइते भएका हुन् । क्यानाडाको जेम्स स्मिथ क्री नेशन र वेल्डन गाउँमा गरिएको चक्कु प्रहारमा १० जनाकाे मृत्यु भएको हाे । घटनामा संलग्न भएको आशंकामा प्रहरीले २ जनाको तस्बिर समेत सार्वजनिक गरेको छ ।

जसमा ३१ वर्षीय डेमियन स्यान्डरसन र ३० वर्षीय माइल्स स्यान्डरसन रहेका छन् । उनीहरू फरार रहेकाले खोजी कार्य तीब्र पारिएको प्रहरीले जनाएकाे छ ।

घटना लगत्तै कालो कार चढेर भागेका उनीहरूप्रति सचेत रहन सर्वसाधारणलाई प्रहरीले अपील समेत गरेको छ ।

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया