काठमाडौँ, २३ भदौ : पवित्रा लामा समाजवेसीका रुपमा चिनिने चर्चित नाम हो । बिगत ८ बर्ष देखि बेबारिसे लास जलाउदै आएकी पबित्रा लामा समाजसेवी र युवा पुस्ताले रुचाएको नेपाली काँग्रेसको नेतृ समेत हुन् ।
काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिकामा जन्मिएकी पवित्रा लामा राजनैतिक क्षेत्रमा पनि उदाउँदो नाम हो । उनि रेडियो देखी समाजसेवी हुँदै अहिले राजनीतिमा होमिएकी छन् ।
लामा १८ बर्षको उमेर देखि समाजसेवामा लागेकी हुन् । उनै समाजसेवी लामा पछिल्लो समय देशको चिन्ता, युवा पुस्ताको निराशा र भबिस्य अन्योल देखेको कारण नेपाली काङ्ग्रेस प्रबेश हुँदै प्रदेश सभाको सदस्य समेत भइन् । उनले नेपाली काङ्ग्रेसकै नेतृत्व गरेर सामाजिक कामलाई समेत अगाडि बढाएकी छन् ।
लामा आउदो निर्वाचनका लागि काभ्रे १ बाट प्रतिनिधि सभा १ अन्तर्गत प्रदेश सभा क मा समानुपातिक तर्फ सिफारिस पनि भएकी छन् ।
उनले आफूलाई टिकट दिएर निर्वाचित गराए निस्वार्थ पार्टीको विधिविधानमा रहेर देशका कुनाकुना पुगेर जनताको लागि काम गर्ने र सम्पुर्ण युबा पुस्तालाई नेपाली काङ्ग्रेसमा आबद्ध गराउने समेत बताइन ।
बेबारिसे लासका पिता बिनय जङ्ग बस्नेतसङ्गै मिलेर बेवारिसे लास जलाउने काम गर्दै आएकी लामाले समाजमा छुट्टै छाप छोड्न सफल भएकी छन् । प्रदेश र संघिय निर्वाचन आउँदो मंसिर ४ गते एकैसाथ हुँदैछ ।