दमौलीमा नाइन ‘ए’ साइड फुटबल प्रतियोगिता हुने

admin

काठमाडौं, २६भदौ : ब्यास युवा क्लबको आयोजनामा असोज ३ गतदेखि तनहूँको दमौलीमा नाइन ‘ए’ साईड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

क्लवले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको गरी फुटबल प्रतियोगिता असोज ३ गतेबाट १० गतेसम्म हुने जानकारी दिएको हो ।

दमौलीको बीपी बन बाटिकाको मैदानमा आयोजना हुने प्रतियोगितामा कुल ४२ टोलीले सहभागिता जनाउने क्लबका अध्यक्ष मीन बहादुर गुरुङले बताउनुभयो ।

नक आउटको आधारमा सञ्चालन हुने प्रतियोगितालाई अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग हुने उहाले बताउनुभयो ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैया, दोस्रो हुने टोलीले ५५ हजार ५ सय ५५ पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया