यस्तो छ आजको मौसम

admin

काठमाडौं, २८ भदौ : देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको अनुमान छ।

बाँकी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। आज बिहान प्रदेश १, सुदूरपश्चिम र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

गएराति गोरखाको गोरखा बजारलगायत गोरखा र लमजुङका धेरै ठाउँमा भारी वर्षा भएको छ । चेपे नदी, दरौदी नदीका स–साना सहायक नदीमा आकस्मिक बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया