उपाधिका लागि नेपाल र भारत भिड्दै

admin

काठमाडौं, २९ भदौ : श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज (बुधबार) नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । कोलम्बोको रेस कोर्स मैदानमा हुने फाइनल खेल राति ८:१५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल आफ्नो अपराजित यात्रालाई कायम राख्दै उपाधि जित्ने अभियानमा छ । भारत पनि नेपाललाई हराएर उपाधि रक्षा गर्ने तयारीमा छ । भारत साविक विजेता हो । नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले भारतलाई कडा टक्कर दिने बताउनुभयो ।

‘‘भारत विरुद्धको खेल्न नेपाललाई कठिननै हुन्छ । तरपनि फाइनलमा राम्रो खेल्दै उपाधि जित्न चाहन्छौं,’’ श्रेष्ठले भन्नुभएको छ । नेपालले समूह चरणमा भारतलाई ३–१ गोलले हराएको थियो । त्यसैले पनि नेपाल उच्च मनोबल सहित भारतसँग त्यही नतिजा कायम राख्ने दाउमा छ ।

भारत समूह चरणमा खेपेको हारको बदला लिन चाहन्छ । च्याम्पियनसिपको सेमिफाइनलमा भारतले बंगलादेशलाई २–१ र नेपालले आयोजक श्रीलंकालाई ६–० गोलले पराजित गरेको थियो ।

प्रतिक्रिया