नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै माइतीघरमा धर्ना

admin

काठमाडौं, ४ असोज : नागरिकताविहिन युवाहरुले नागरिकता बिधेयक प्रमाणीकरण गर्नुपर्ने भन्दै काठमाडौंको माइतिघरमा धर्ना दिएका छन् ।

नागरिकता सम्बन्धी कानून अघि नबढ्दा आफुहरु नागरिकताविहिन हुन पुगेको भन्दै उनीहरुले धर्ना दिएका हुन् ।

उनीहरुले नागरिकता विधेयक, २०७९ शिघ्र राष्ट्रपतिद्वारा प्रमाणीकरण हुनुपर्ने एकसुत्रीय माग राखेका छन् । प्रदर्शनमा सहभागी युवाहरुले बुबा आमा दुवै नेपाली नागरिकताका सन्तान अनागरिक अहिलेसम्म ? , नेपाली आमाको सन्तान अनागरिक अहिलेसम्म भन्दै प्रश्न गरेका छन् ।

नागरिकता विहिन संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीले आफ्ना मागहरु संविधान अनुरुप नै भएको बताउनुभयो ।

अहिले आठौं चरणको आन्दोलन अन्तर्गत बुबा आमा दुवै नेपाली नागरिक भएपछि आफुहरुले पनि नागरिकता पाउनुपर्ने भन्दै धर्नामा बस्नुपरेको उहाले बताउनुभयो । उहाले छिटो भन्दा छिटो नागरिकता बिधेयक प्रमाणीकरण गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै पर्साका उत्तम कुमारले आफुसंग नेपाली नागरिकता हुँदा पनि आफ्नो छोराछोरीले नागरिकता पाउन नसकेको गुनासो गर्नुभयो । उहाले संविधानमा कुनै पनि नेपाली नागरिकको सन्तानलाई नागरिकताबाट बञ्चित गरिनेछैन भन्ने उल्लेख भएपनि प्रशासन कार्यालयले नागरिकता नदिएको बताउनुभयो ।

यसअघि संसद्का दुवै सदनबाट पास भएको नागरिकता विधेयक अहिलेसम्म राष्ट्रपतिबाट प्रमाणीकरण भएको छैन ।

प्रतिक्रिया