जसपाको मकवानपुर जिल्ला समन्वय समिति पुनर्गठन, अध्यक्षमा सोमबहादुर घलान

admin

मकवानपुर , ५ असोज : जनता समाजवादी पार्टी, नेपालको मकवानपुर जिल्ला समन्वय समिति पुनर्गठन भएको छ ।

हेटौडास्थित एक पार्टी प्यालेसमा बुधबार आयोजित कार्यक्रमबाट सोमबहादुर घलानको अध्यक्षतामा समिति पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षहरुमा योगबहादुर ब्लोन, देवराज स्याङतान, दीपक सिङ्तान, सचिवमा सुवोध घलान, सह सचिवहरुमा पर्वत स्याङ्बो र ग्याब्रियल प्रजा तथा कोषाध्यक्षमा रीता सार्की रहेका छन् ।

कार्यक्रमको प्रमुख अतिथि पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, विशेष अतिथिको रुपमा राजनीतिक समिति सदस्यहरु विद्युत बज्राचार्य र तारा विश्वकर्मा केन्द्रीय सदस्यहरु मेजरमान मोक्तान, इन्द्र थिङ, दीपक दोर्जे लामा, बागमती प्रदेश परिषद्का अध्यक्ष शुभ रत्न गोले थिए । कार्यक्रममा स्थानीय नेता, कार्यकर्ताहरुको बाख्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया